सङ्घीयता खारेज गर्नुपर्छ : चित्र बहादुर केसी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सङ्घीयता खारेज गर्नुपर्छ : चित्र बहादुर केसी


३ पुस २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्।

मङ्गलवार बुटवलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरूमात्रै नभई नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए।

उनले सङ्घीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्रीहरू पाल्नुपरेको बताए। उनले सरकारले सेना, प्रहरीको तलब र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरूलाई कसरी पाल्न सक्छन् ? भन्दै प्रश्न गरे।

उनले सङ्घीयता काम नलाग्ने रहेछ भन्ने कुरा सबैले अहिले महसुस गर्न थालेको स्पष्ट पारे। उनले प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस