वीर अस्पतालका निर्देशक डा. पौडेललाई पुनर्बहाली गर्न आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वीर अस्पतालका निर्देशक डा. पौडेललाई पुनर्बहाली गर्न आदेश


३ पुस २०८०, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मङ्गलवार दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

यो आदेशसँगै निर्देशक डा. पौडेल पुनर्बहाली हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस