मुख्यसचिव र सचिवहरूलाई प्रधानमन्त्रीले भने -‘नतिजा निस्कने गरी कामको गति बढाउनुस्’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुख्यसचिव र सचिवहरूलाई प्रधानमन्त्रीले भने -‘नतिजा निस्कने गरी कामको गति बढाउनुस्’


३ पुस २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको गति बढाउन र नतिजा निस्कने गरी प्रभावकारी कार्य सम्पादन गर्न मुख्यसचिव र सचिवहरूलाई निर्देशन दिएका छन् ।

विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कामको गति बढाउन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले मुख्यसचिव डा. वैकुण्ठ अर्याल र सचिवहरूलाई निर्देशन दिएका हुन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा मुख्य सचिव र सचिवहरूलाई आवश्यक निर्देशन दिँदै नतिजामुखी काम गर्न निर्देशन दिएको एक सचिवले बताए ।

उनले एक अर्काका कमी कमजोरी देखाउनुभन्दा पारस्परिक समन्वय र सहकार्यका आधारमा काम गर्नुपर्नेमा जोड दिए।

आफू नेतृत्वको सरकारको एक वर्षे कार्यकाल पूरा हुने चरणमा रहेको र यस अवधिमा अपेक्षा गरिए अनुसारका काम भएको ‘प्रचण्ड’को भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस