श्रीलङ्काकामा ४ सय निकायको इजाजत पत्र निलम्बन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

श्रीलङ्काकामा ४ सय निकायको इजाजत पत्र निलम्बन


३ पुस २०८०, मंगलबार


काठमाडौँ । इजाजत पत्रको शर्त उल्लङ्घन गरेको ४०० वैदेशिक रोजगारसम्बन्धी निकायलाई कारबाही गरिएको छ ।

श्रीलङ्काका अधिकारीहरूका अनुसार विगत १२ महिनामा वैदेशिक रोजगारसम्बन्धी ४०० संस्था निलम्बनमा परेका हुन् ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा कोलम्बोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले सोही अवधिमा २०० वैदेशिक रोजगार एजेन्सीको इजाजत पत्र रद्द गरिएको जानकारी दिए ।

मन्त्री नानायककाराले वैदेशिक रोजगार एजेन्सी र सरकारी निकायले प्रदान गर्ने सेवाको गुणस्तर सुधारका लागि सरकारले कदम चालेको बताए ।

सन् २०२३ को नोभेम्बरको अन्त्यसम्ममा दुई लाख ७५ हजारभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीमा गइसकेका छन् ।

आप्रवासी कामदारहरूको विप्रेषण श्रीलङ्काका लागि वैदेशिक राजस्वको एक प्रमुख स्रोत हो ।

Tags :
प्रतिक्रिया दिनुहोस