निगमका कर्मचारीको आन्दोलन स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निगमका कर्मचारीको आन्दोलन स्थगित


२ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

सोमबार १३ औँ दिनबाट उनीहरूले आन्दोलनका कार्यक्रमहरू हालका लागि स्थगित गरेका हुन् । उनीहरूले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग छलफल गरेसँगै हालका लागि आन्दोलन स्थगित गरिएको बताएका छन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीसँगको भेटमा मन्त्री किराँतीले ग्राउण्ड ह्याडलिङको विषयमा मन्त्रीपरिषद्बाटै निर्णय हुने भएको प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेको बताए ।

उनले मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र निर्णय गर्दा मन्त्रीपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन गर्ने निर्णय भएको बताए । मन्त्रालयले ग्राउण्ड ह्याडलिङको बारेमा नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको र ग्राउण्ड ह्याडलिङको विषय सरकारले स्वामित्व लिने प्रतिबद्धता जनाएको बताए ।

त्यस्तै यस विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको उनले बताए । आन्दोलनको १२ औँ दिनमा सबैले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग उनीहरूले छलफल गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस