काठमाडौँ । बिल विजक भन्दा बढी प्याज बोकेको माल बाहक पिकअप प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्जबाट चितवनतर्फ आउँदै गरेको ना.४ च ८७१३ नम्बरको मालवाहक पिकअपलाई पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट नियन्त्रणमा लिएको हो ।
पिकअपलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी प्याज लोड रहेको तथा सो विल बिजक शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उक्त पीकअपमा लोड गरिएको एक लाख सड्चालीस हजार सात सय पचास बराबरको प्याज नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए।