त्रिविको ४९औँ दीक्षान्त समारोहका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

त्रिविको ४९औँ दीक्षान्त समारोहका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त


२ पुस २०८०, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

सोमबार दशरथ रङ्गशालामा आयोजना गरिएको समारोहका कारण काठमाडौँ उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

दीक्षान्त समारोजमा सहभागी हुन हजारौँ विद्यार्थी तथा शिक्षकहरू आएकाले ट्राफिक जाम परेको जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी छन् । दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस