काठमाडौँमा महँगा गाडीका सवारी दर्ता प्रमाणपत्र नै नक्कली, २ जना पक्राउ  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँमा महँगा गाडीका सवारी दर्ता प्रमाणपत्र नै नक्कली, २ जना पक्राउ 


१ पुस २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् । उनीहरूलाई ललितपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट बरामद भएका गाडीका सवारी दर्ता प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस