बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


१ पुस २०८०, आइतबार


काठमाडौँ। बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

आइतबार साँझ बढीमालिका नगरपालिका-२ मार्तडी गौमुल जाने सडक अन्तरगत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्कोलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रशासनलाई बताए । 

प्रजिअ पौडेलका अनुसार ट्याक्टरले एक अर्कोलाई ओभरटेक गर्दा एउटा ट्याक्टर खोलामा खसेको र अर्को ट्याक्टर भित्तामा ठोकिएको छ।

सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ। उक्त ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको बताइको छ । मृत्यु हुनेमा तीन जना पुरुष र एक महिला छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस