एनसेलविरुद्ध अमरेशको रिटमा आज पनि सुनुवाइ स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एनसेलविरुद्ध अमरेशको रिटमा आज पनि सुनुवाइ स्थगित


१ पुस २०८०, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतमा एक सातादेखि पालो कुरिरहेका प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहका कानुन व्यवसायीले नै आज सुनुवाइ स्थगित गरेका छन्।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको एनसेलविरुद्धको रिट निवेदन सुनुवाइ हुने क्रममा पुग्दा निवेदक पक्षका कानुन व्यवसायीले स्थगित गरेका हुन्।

न्यायाधीश माथेमाको इजलासमा आज १५ थान मुद्दा छन्। एनसेलविरुद्धको मुद्दा ७ नम्बरमा परेको थियो। निवेदकका कानुन व्यवसायीले मुद्दा स्थगित नगरेको भए आज सुनुवाइ हुने थियो।

एनसेलको शेयर खरिदबिक्री प्रकरणविरुद्ध रिट निवेदन दर्ता भएर पेशी चढेको एक साता सम्म मुद्दा हेर्न नभ्याइनेमा परेको थियो। अघिल्लो शुक्रबार दर्ता भएको रिट निवेदन आइतबारदेखि शुक्रबारसम्म लगातार नभ्याइनेमा पर्दै आएको थियो।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस