गोरखापत्र सक्षम सार्वजनिक संस्थानका रूपमा अघि बढ्नुपर्छ : सचिव राउत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गोरखापत्र सक्षम सार्वजनिक संस्थानका रूपमा अघि बढ्नुपर्छ : सचिव राउत


१ पुस २०८०, आइतबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले गोरखापत्र एक सक्षम सार्वजनिक संस्थानका रूपमा अघि बढ्न सक्नुपर्ने बताएका छन् ।

गोरखापत्र संस्थानको प्रकाशन ‘दि राइजिङ नेपाल’को ५८औँ वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले अबको मुद्दा विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिएकी हुन् ।

संस्थानअन्तर्गतका प्रकाशनमा आबद्ध सञ्चारकर्मीको क्षमता अभिवृद्धि गरी गुणस्तरीय समाचार सामग्री उत्पादनमा ध्यान दिन सक्नुपर्नेमा पनि उनले जोड दिइन् ।

‘अन्तर्राष्ट्रिय जगत्मा नेपालबारे सही बुझाइ र भाष्य स्थापित गर्न ‘दि राइजिङ नेपाल’को महत्त्वपूर्ण भूमिका छ । आगामी दिनमा देशभित्रको आर्थिक, सामाजिक सांस्कृतिक कुरा, अतिकम मुलुकका रूपमा नेपालले उठाउनुपर्ने मुद्दा, रूपमा जलवायु परिवर्तनका मुद्दा, ‘डिजिटल डिभाइड’का विषय पनि उठाउनुपर्ने देखिन्छ’, सचिव राउतले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस