अनशन बस्न गेटामा पुगेका डा. केसीलाई सङ्घर्ष समितिको अवरोध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अनशन बस्न गेटामा पुगेका डा. केसीलाई सङ्घर्ष समितिको अवरोध


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । आमरण अनशन बस्न गेटा मेडिकल कलेज, धनगढी पुगेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीलाई सङ्घर्ष समितिले अवरोध गरेको छ ।

सरकारले विगतमा पटक-पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिन अनशनमा बस्ने घोषणा गरेका थिए ।

अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सदस्यहरूले अवरोध गरेका हुन् ।

डा. केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने माग गरेका थिए । तर आफूहरूको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने सङ्घर्ष समितिका सदस्यहरूले बताएका छन् ।

गेटामा प्रवेश गर्न नपाएपछि डा. केसीले आक्रोश पोखेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस