काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
नेपाल सरकार, मन्त्री परिषद्को २८ मंसिरको बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
२०२३ माघ १९ गते कपिलवस्तुमा जन्मेका सिग्देल २०४३ साल फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थिए ।
सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना बढेको छ । यसअघि सेनाले ताराध्वज पाण्डेलाई रथी बढुवा गर्न सूचना जारी गरेको थियो । तर, उनले जन्ममिति विवादका बीच राजीनामा दिएका थिए ।