काँग्रेस नेता खाँण आज रिहा नहुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस नेता खाँण आज रिहा नहुने


२८ मंसिर २०८०, बिहिबार


काठमाडौं । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण बिहीबार रिहा नहुने भएका छन् । उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागमा पठाउनुपर्ने भएकाले आज रिहा नभएका हुन् । 

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको अवस्थाको अभाव देखिएको भन्दै धरौटीमा छाड्न आदेश दिएको थियो ।

सम्बन्धित समाचार : बालकृष्ण खाँणलाई धरौटीमा छाड्न अदालतको आदेश

अब खाँणले ३० लाख रुपैयाँ बराबर नगद, जमानत वा बैंक ग्यारेन्टी बुझाएर रिहा हुन सक्नेछन् । तर खाँणले यो धरौटी काठमाडौँ जिल्ला अदालतमा बुझाउनुपर्नेछ । उच्च अदालतको आदेशको पत्र पाएपछि जिल्ला अदालत काठमाडौँले खाँणसँग धरौटी रकम वा बैंक ग्यारेन्टी लिनेछ ।

केन्द्रीय कारागार कार्यालयका अनुसार खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागलाई बुझाउनुपर्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धीकरण र अख्तियारले पनि अनुसन्धान गरिरहेकाले रिहा हुनुअघि कारागारले अभियुक्तलाई ती निकायमा बुझाउनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस