विद्यालयले अब हस्तलिखित पत्र प्रयोग गर्न नपाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्यालयले अब हस्तलिखित पत्र प्रयोग गर्न नपाउने


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । सामुदायिक विद्यालयमा हस्तलिखित पत्र प्रयोग गर्न रोक लगाइएको छ । मोरङको कटहरी गाउँपालिकाले पालीका भित्रका विद्यालयमा हस्तलिखित पत्रको प्रयोगमा रोक लगाएको हो ।

शिक्षा शाखा प्रमुख द्रोणप्रसाद पोखरेलले पालिकामा रहेका १९ वटा सामुदायिक विद्यालयमध्ये ९ वटाले यसअघि नै कम्प्युटरबाट कामकाज गर्दै आएका र बाँकी रहेका १० विद्यालयलाई ९ लाख ९० हजार रुपैयाँ खर्चेर कम्प्युटर र प्रिन्टरको व्यवस्था गरेर हस्तलिखित पत्रको प्रयोगमा रोक लगाएको बताए ।

सबै विद्यालयमा कम्प्युटर र प्रिन्टरको व्यवस्था गरेर विद्यालयका कामलाई छिटो छरितो र समयको बचतका लागि पनि सो कार्यको थालनी गरिएको पोखरेलले बताए ।

अधिकृत पोखरेलका अनुसार पालिकाभरिका सामुदायिक विद्यालयले अब विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीको अभिलेख कम्प्युटरमा राखेर सबै कारोबार कम्प्युटरबाटै गर्नुपर्ने छ । त्यसो नगर्ने विद्यालयले संघीय सरकार र पालिकाबाट पाउने अनुदान पाउने छैनन् ।

शिक्षकलाई कम्प्युटरसम्बन्धी प्रशिक्षण दिएर सो अभियान सञ्चालन गरिएको बताइएको छ ।

पालिकाले यो अभियानलाई इन्टिग्रेटेड एजुकेशनल म्यानेजमेन्ट इन्फरमेसन सिष्टम (इमीस) का नाममा सञ्चालन गरेको हो । पोखरेलले यो सिष्टममा आबद्ध नभएका सामुदायिक विद्यालयका शिक्षकले तलब भत्ता, छात्रवृत्तिसमेत पाउने छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस