खाँणलाई छाड्ने कि थुनामा राख्ने बारेमा आज सुनुवाइ हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खाँणलाई छाड्ने कि थुनामा राख्ने बारेमा आज सुनुवाइ हुने


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुने भएको छ । 

उक्त सुनुवाइका लागि उच्च अदालत पाटनको एकल इजलासमा आज पेसी तोकिने भएको हो ।  

यसअघि उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाह खरेलबीच खाँणलाई थुनामा राख्ने की धरौटीमा छोड्ने भन्ने विषयमा राय बाझिएको थियो । 

न्यायाधीश पाण्डेयले खाँणलाई ३० लाख धरोटीमा छोड्नु पर्ने राय दिएका थिए । उता न्यायाधीश खरेलले थुनामै राख्नु पर्ने राय दिएका थिए । 

दुवै न्यायाधीश हरुको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ गर्ने तय भएको बताइएको छ । 

आज सुनुवाइका लागि गोला प्रथाबाट छानिएका न्यायाधीशले खाँणलाई साधारण तारिखमा छोड्ने की थुनामै राख्ने भन्नेबारे आदेश दिनेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस