शेखर कोइरालाको दाबी : गगन र मबीच एजेण्डामा फरक मत छैन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शेखर कोइरालाको दाबी : गगन र मबीच एजेण्डामा फरक मत छैन 


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका छन् ।

बुधबार काठमाडौँमा काँग्रेसको १४औँ महाधिवेशनबाट बनेको शेखर–गगन पक्षको बैठक बसेको थियो । सो छलफलपछि पत्रकारहरूसँगको कुराकानीमा कोइरालाले गगन र आफ्नो काम गराइको तरिकामा फरक हुन सक्ने तर एजेण्डामा फरक मत नभएको बताए ।

‘एजेण्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन, उहाँको उमेर, मेरो उमेर फरक छ । उहाँको सोचाइ, मेरो सोचाइ फरक छ’ उनले भने, ‘उहाँको स्टाइल अफ फङ्सनिङ (काम गर्ने तरिका) र मेरो स्टाइल अफ फङ्सनिङ फरक छ, तर एजेण्डामा फरक छैन ।’

शेखर कोइरालाले आफू पक्षको भेला मङ्गलवार बोलाएका थिए । तर महामन्त्री थापाले आफूसँग सल्लाह नगरी बोलाएको भन्दै सहभागी नहुने बताएका थिए । त्यसपछि संस्थापनइतर पक्षका अरु नेताहरूको पहलमा भेला एक दिन पछि सारिएको थियो ।

नेता कोइरालाले आफूहरूको यो छलफल नियमित भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस