१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसामा मानव तस्करी गर्ने ३२ जना पक्राउ, तीन अधिकृतबारे छानबिन गर्दै निगम

अ+ अ-

काठमाडौँ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका छन् । गत असोज १९ गतेदेखि बुधवारसम्म सो गिरोहमा संलग्न सरकारी कर्मचारी, ट्राभल एजेन्सी सञ्चालकसहित ३२ जनालाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

भिजिट भिसामा विदेश पठाउन अध्यागमन विभाग र वायुसेवा निगमका कर्मचारीदेखि प्रहरीसम्मको मिलेमतो रहेको पाइएको छ । पक्राउ पर्नेमा अध्यागमन विभाग र नेपाल एयरलाइन्सका कर्मचारी, प्रहरी, पूर्व प्रहरी र ट्राभल एजेन्सी सञ्चालकसमेत छन् । पक्राउ परेकालाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको कार्यालयका प्रवक्ता एवं एसपी रबिन्द्र रेग्मीले बताए ।

अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू होमनाथ पोखरेल, अरविन्द यादव र विश्वनाथ कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । यसै गरी गिरोहका वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन् ।

कागजात मिलाएबापत सरकारी कर्मचारी र ट्राभल एजेन्सीले रकम लिने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । कागजात मिलाए बापत अध्यागमन विभागका कर्मचारीले प्रतिव्यक्ति नयाँको हकमा ५५ हजार र पुरानो (एक पटक विदेश पुगेर फर्किएका)हरूको हकमा ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । यसै गरी ट्राभल एजेन्सीहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका थिए ।

प्रहरीले पक्राउ परेका ९ जनामाथि सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । १२ जनामाथि लिखत सम्बन्धी कसुर र ८ जना धरौटीमा छुटिसकेका छन् । खाडी मुलुकमा घरेलु कामदारका रूपमा जान महिलाहरूलाई सरकारले प्रतिबन्ध लगाएपछि  भिजिट भिसा प्रयोग गरेर जाने क्रम बढेको हो ।

 भिजिट भिसामा प्रयोग भएका कागजपत्र तथा भिसासमेत नक्कली रहेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेपछि कार्यालयले अनुसन्धान अगाडि बढाएको थियो । विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त भएका झन्डै एक हजार दुई सय थान पासपोर्टवाहकका अधिकांश कागजपत्र नक्कली रहेको पाइएको छ ।

नक्कली कागजात बनाई भिजिट भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत नै संलग्न रहेको खुलेपछि यसबारे निगमले छानबिन गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलले निगमका कर्मचारीहरू पक्राउ परेको सञ्चारमाध्यमबाट थाहा पाएको जानकारी दिँदै यसबारे छानबिन हुने बताए । उनले भने, ‘पक्राउ परेकाहरूको बारेमा निगमले थप अनुसन्धान गर्छ ।’

प्रतिक्रिया दिनुहोस