अर्थमन्त्री महतले भने-‘कोरोना बीमाको दाबी शङ्कास्पद देखियो, अनुसन्धान हुँदैछ’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्री महतले भने-‘कोरोना बीमाको दाबी शङ्कास्पद देखियो, अनुसन्धान हुँदैछ’


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कोरोनाको बीमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको दाबी गरेका छन्।

अर्थ मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन् ।

उनले कोरोना बीमाको भुक्तानीका लागि आएका दाबी शङ्कास्पद देखिएपछि त्यसको पुनः अनुसन्धान भइरहेको बताएका हुन् ।

उनले वास्तविक विवरण आएपछि बीमाको भुक्तानी हुने स्पष्ट पारे। सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १० अर्ब रुपैयाँ निकासा गर्नुपर्नेछ। करिब १ लाख विमितले कोरोना बिमाबापतको रकम पाउन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस