प्रदेश सरकारद्वारा इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई जनही २ लाख सहयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदेश सरकारद्वारा इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई जनही २ लाख सहयोग


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई २ लाखका दरले आर्थिक सहयोग गरेको छ ।

कैलालीको टीकापुरमा मङ्गलवार आयोजना गरिएको कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदूत हनन गोडेर गोल्डवेरगरको उपस्थितिमा मन्त्री भट्टले ७ जना मृतकका परिवारलाई सहयोगबापतको चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा मुख्यमन्त्री शाहले पीडित परिवारलाई प्रदेश सरकारले राहत स्वरूप उक्त रकम हस्तान्तरण गरेको बताए ।

भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका १० जना नेपाली विद्यार्थीको अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा परि मृत्यु भएको थियो ।

उनीहरूमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए । कञ्चनपुरका विपिन जोशी भने अहिलेसम्म सम्पर्कमा छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस