२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजगढ-हेटौँडा-भरतपुर द्रुत विद्युतीय रेलमार्गको विस्तृत डिजाइन अन्तिम चरणमा

अ+ अ-

हेटौँडा । रेल विभागले मेची-महाकाली द्रुत विद्युतीय रेलमार्ग अन्तर्गत निजगढ-हेटौँडा-भरतपुर खण्डको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ । फुलब्राइट कन्सलटेन्सी प्रालिले परियोजनाको डिजाइन गरिरहेको छ ।

सरकारले २०६७ सालमा रेल विभाग स्थापना गरेको थियो । त्यससँगै सुरु भएको विस्तृत डिजाइन अन्तिम चरण पुगेको हो । हेटौँडा–भरतपुर खण्डमा यात्रु स्टेशन ५ वटा रहने प्रारम्भिक अध्ययनमा उल्लेख छ ।

निजगढ–सिग्नल स्टेशन ९ वटा रहने रेलमार्गको केन्द्रबिन्दुबाट २५–३० मिटर दायाँबायाँ राइट अफ वे रहने बताइएको छ । यात्रु स्टेशनका लागि १६० मिटर चौडाइ र १७० मिटर लम्बाइ भएको जमिनको आवश्यकता पर्ने बताइएको छ ।

बाराको निजगढ नगरपालिका वडा नं ३, ४, ५, १०, ११, १३ र जीतपुर सिमरा उपमहानगरपालिका २२ नं वडामा निर्माण गरिने रेलवे लाइनका लागि स्थानीय सरोकारवालाबीच छलफल भइरहेको कन्सल्टेन्सीले जनाएको छ ।

हेटौँडा उपमहानगर वडा नं ८, ९, १२, १३, १४, १५ र १६ तथा मनहरी गाउँपालिका वडा नं ३, ५, ६, ८ र ९ मा रेलवे लाइन निर्माण हुनेछ ।

त्यस्तै चितवनको राप्ती नगरपालिका वडा नं १, २, ३ र ६, खैरहनी नगरपालिका वडा नं ५, ७ र १०, रत्ननगर नगरपालिका वडा नं ४, ५ र ९ तथा भरतपुर महानगर वडा नं ४, ५, ७, ८ र १६ मा रेलवे निर्माण गर्न प्रस्ताव गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको टिकौली जङ्गलको ४ किमि क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषयमा भने छलफल भइरहेको विभागले जनाएको छ ।

हेटौँडा-१६ र जीतपुर सिमरा उपमहानगर वडा नं २२ बीच पर्ने चुरे पहाडमा करिब ७ किमि सुरुङ मार्ग निर्माण गरी रेलवे लाइनले बारा र मकवानपुर जोड्ने गरी अध्ययन अगाडि बढाइएको छ ।

सरकारको प्रचलित नियम-कानूनअनुसार रेलवे आयोजनाले स्थानीयमा पर्नसक्ने सामाजिक, सांस्कृतिक, वातावरणीय प्रभावका बारेमा पनि अध्ययन गरी प्रतिवेदन तयारी गर्ने कार्य भइरहेको कन्सल्टेन्सीले जनाएको छ ।

यसका लागि हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा सरोकारवालाबीच सार्वजनिक सुनुवाइ पनि आयोजना गरिने बताइएको छ ।