चिसोले सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चिसोले सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे


२६ मंसिर २०८०, मंगलबार


मुगु । केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ ।

चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका छन् ।

अत्यधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक नेतृत्वको ११ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । यही मङ्सिर १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले चौकीमा तैनाथ सुरक्षाकर्मीलाई सदरमुकाम झार्ने निर्णय गरेको हो । उनीहरुलाई आगामी वैशाखसम्मका लागि जिल्ला बोलाइएको हो ।

गर्मी याम सुरु भएपछि प्रहरी टोलीलाई पुनः सीमा प्रहरी चौकी पठाइने प्रहरी नायब उपरीक्षक थापाले बताए । छ । मुगुम कार्मारोङ्ग-२ मुगु गाउँका सबै बासिन्दा जाडो छल्न बेँसी झरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस