२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगर र सङ्घको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट सङ्घको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।

गत भदौ २९ गते महानगर र सङ्घबीच भएको सम्झौताअनुसार सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सामुदायिक विद्यालयका माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । प्रशिक्षणमा ५० जना क्रिकेट प्रशिक्षकलाई तालिम दिई उनीहरूमार्फत खेलाडीलाई सीप सिकाउनु उद्देश्य रहेको महानगरको भनाइ छ ।

“प्रशिक्षणमा सैद्धान्तिक कक्षासहित एम्बेसी पार्कमा प्रयोगात्मक प्रशिक्षण हुनेछ । साथै सैद्धान्तिक कक्षामा प्रशिक्षकको भूमिका, शारीरिक तन्दुरुस्ती, निर्णायक, ब्याटिङ, बलिङ, विकेट किपिङबारे जानकारी दिइनेछ”, आचार्यले भने ।

उनीरुलाई राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक अनिल अधिकारी, क्रिकेट प्रशिक्षक (लेभल-३) राजु बस्नेत, लेभल-२ का प्रशिक्षकहरू कलाम अली, मनोज कटुवाल, रिकेश लामा, सुजन महर्जन, निर्णायक विनय झालगायतले प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणसँगै सङ्घले वडा स्तरमा ‘क्रिकेट नेट’ राख्न प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यो काम तीन महिनाभित्र सम्पन्न हुनेछ । यसका लागि महानगरले रु. १० लाख उपलब्ध गराउने छ । यसरी उपलब्ध गराइने रकम काम थालनी भएपछि ४० प्रतिशत र बाँकी प्रगतिका आधारमा उपलब्ध गराइनेछ ।

अनुगमन तथा मूल्याङ्कन समिति वा खटाइएका कर्मचारीले सम्पादित कार्यको समय-समयमा अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षमा महानगरले एक टोल एक खेलकुद पूर्वाधार निर्माण तथा समग्र खेलकुद क्षेत्र विकासका लागि स्वर्णिम योजनासहितको कार्यक्रम सञ्चालन गर्नका लागि रु. १० करोड ५० लाख रकम विनियोजन गरेको छ ।

त्यस्तै एक वडा एक नमुना उद्यान कार्यक्रम सञ्चालन गर्नका लागि रु एक करोड रकम विनियोजन गरेको छ । महानगरले चालु आर्थिक वर्षमा विशेष महत्वका साथ दश वटा विषयगत क्षेत्रका गौरवका योजना छनोट गरेको छ । त्यसका लागि रु. तीन अर्ब ८० करोड र २५ स्वर्णिम योजनाका लागि रु. दुई अर्ब रकम विनियोजन गरिएको छ ।