एसीसी यू-१९ : नेपाल भारतसँग १० विकेटले पराजित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

एसीसी यू-१९ : नेपाल भारतसँग १० विकेटले पराजित


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । आज भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो ।

नेपालले दिएको ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायाे । यसअघि दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपाल २२ ओभर १ बलमा ५२ रनमा अलआउट भयाे ।

नेपालका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । यस्तै अर्जुन कुमाल र दिपक बाेहरा समान ७, गुल्शन झा र दिपेश कँडेल समान ४, कप्तान देव खनाल र सुवाश भण्डारी समान २, दीपक बाेहरा १ तथा उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए । यस्तै आकाश चन्द ४ रनमा नट आउट रहे । नेपालले १३ रन अतिरिक्त पाएकाे थियाे ।

बलिङतर्फ भारतका राज लिम्बानीले ७ विकेट लिए । उनले ९ ओभर १ बलमा ३ मेडनसहित मात्र १३ रन दिए । यस्तै आराध्य शुक्लाले २ आर्शिन कुलकर्णीले १ विकेट लिए ।

लगातार तेस्राे हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएकाे छ । नेपाल पहिलाे खेलमा पाकिस्तानसँग ७ विकेटले र दाेस्राे खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियाे ।

Tags :
प्रतिक्रिया दिनुहोस