राप्रपा नेपालद्वारा वृहत् राष्ट्रिय मोर्चा निर्माणका लागि तीन सदस्यीय समिति गठन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राप्रपा नेपालद्वारा वृहत् राष्ट्रिय मोर्चा निर्माणका लागि तीन सदस्यीय समिति गठन


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वृहत् राष्ट्रिय मोर्चा निर्माणका लागि समिति गठन गरेको छ । पार्टीका उपाध्यक्ष राजीव पराजुली संयोजक रहेको समितिमा उपाध्यक्ष तारा लुइँटेल र महामन्त्री राजाराम बर्तौला सदस्य रहेका छन् ।

समितिले समान विचारधारा भएकाहरूसँग एकता, सहकार्य गर्ने सवालमा वार्ता गर्नेछ ।

राप्रपा नेपालले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्र र स्थानीय गरी दुईतहको राज्य संरचना र सरकारको विचार राख्ने दलहरूसँग सहकार्य गर्ने जनाएको छ ।

यस्तै जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधि सभाको लागि प्रत्यक्ष तथा राष्ट्रिय सभाको लागि समानुपातिक निर्वाचन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र उदार आर्थिक व्यवस्थाको मुद्दा पनि राप्रपाले अगाडि सारेको छ ।

वृहत् मोर्चा निर्माणसँगै पार्टीको तर्फबाट आन्दोलनको तयारी पनि गरिने राप्रपा नेपालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस