पौडेल र लामिछाने ल्याए नयाँ गीत ‘हुन्छ भने हुन्छ भन’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पौडेल र लामिछाने ल्याए नयाँ गीत ‘हुन्छ भने हुन्छ भन’


२६ मंसिर २०८०, मंगलबार


पोखरा । लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशील गायक चोलेन्द्र पौडेल र गायिका सरस्वती लामिछानेले’हुन्छ भने हुन्छ भन’ गीत सार्वजनिक गरेका छन् ।

दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाइसकेका पौडेलले दोहोरी गीतसङ्गीतमा निरन्तरता दिँदै आएका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलले देश विदेशका साङ्गीतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिँदै आएका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशीलता लोकदोहोरीमा लोभलाग्दो छ ।

यस्तैमा गायक पौडेल र सरस्वती लामिछानेको ‘हुन्छ भने हुन्छ भन’ गीत सार्वजनिक भएको छ । सरस्वती लामिछानेको अफिसियल युट्युब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गीता ढुङ्गानाको अभिनय रहेको छ । पौडेलकै शब्द सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई कजीस श्रेष्ठले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत उनकै हो । सुनिल परियारको सङ्गीत संयोजन रहेको गीतबाट गायक गायिका आशावादी छन् ।

पौडेलेको यसअघिका पानी मुनी मुनी, चढ्यो चढ्यो जवानी, जाम झोला बोकेर, अब त मै सानी रहिन लगायतका गीतले उनलाई साङ्गीतिक क्षेत्रमा चिनाएको छ । सरस्वती लामिछाने पनि पोखराबाट सङ्गीत सङ्घर्ष गरिरहेकी छिन् । ‘भिर्ने झोलामा’ उनको रुचाइएको गीत हो ।

लोकदोहोरीमा यसअघि रुचाइएको पौडेल र लामिछानेको युगल साङ्गीतिक जोडीलाई ‘हुन्छ भने हुन्छ भन’ बाट समेत सफलता मिल्ने अपेक्षा उनीहरूको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस