२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौडेल र लामिछाने ल्याए नयाँ गीत ‘हुन्छ भने हुन्छ भन’

अ+ अ-

पोखरा । लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशील गायक चोलेन्द्र पौडेल र गायिका सरस्वती लामिछानेले’हुन्छ भने हुन्छ भन’ गीत सार्वजनिक गरेका छन् ।

दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाइसकेका पौडेलले दोहोरी गीतसङ्गीतमा निरन्तरता दिँदै आएका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलले देश विदेशका साङ्गीतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिँदै आएका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशीलता लोकदोहोरीमा लोभलाग्दो छ ।

यस्तैमा गायक पौडेल र सरस्वती लामिछानेको ‘हुन्छ भने हुन्छ भन’ गीत सार्वजनिक भएको छ । सरस्वती लामिछानेको अफिसियल युट्युब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गीता ढुङ्गानाको अभिनय रहेको छ । पौडेलकै शब्द सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई कजीस श्रेष्ठले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत उनकै हो । सुनिल परियारको सङ्गीत संयोजन रहेको गीतबाट गायक गायिका आशावादी छन् ।

पौडेलेको यसअघिका पानी मुनी मुनी, चढ्यो चढ्यो जवानी, जाम झोला बोकेर, अब त मै सानी रहिन लगायतका गीतले उनलाई साङ्गीतिक क्षेत्रमा चिनाएको छ । सरस्वती लामिछाने पनि पोखराबाट सङ्गीत सङ्घर्ष गरिरहेकी छिन् । ‘भिर्ने झोलामा’ उनको रुचाइएको गीत हो ।

लोकदोहोरीमा यसअघि रुचाइएको पौडेल र लामिछानेको युगल साङ्गीतिक जोडीलाई ‘हुन्छ भने हुन्छ भन’ बाट समेत सफलता मिल्ने अपेक्षा उनीहरूको छ ।