मोहन यादव भारतको मध्य प्रदेशमा मुख्यमन्त्री बन्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मोहन यादव भारतको मध्य प्रदेशमा मुख्यमन्त्री बन्ने


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । भारतको मध्य प्रदेशमा मोहन यादवले सरकारको नेतृत्व गर्ने भएका छन् ।

उनले राज्यपाललाई भेटेर सरकार बनाउनका लागि दाबी पेश गरेका छन् । उनलाई शिवराज सिंह चौहानले विजेपीको संसदीय दलकको नेता बनाउने प्रस्ताव गरेका थिए । मोहन चौहान नेतृत्वको सरकारमा मन्त्री थिए ।

हालै भएको विधान सभा चुनावमा मध्य प्रदेशमा बहुमत सिट जितेको छ । विधानसभाका २३० सिट मध्ये विजेपीले १६३ सिट जितेको छ । चुनावका बेला चौहान नै मुख्यमन्त्री थिए र नयाँ सरकारको नेतृत्व पनि उनैले गर्ने आकलन थियो ।

विजेपीले केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमर, प्रह्लाद पटेल र वरिष्ठ नेता कैलाश विजयवर्गीयलाई पनि विधानसभा चुनावमा मैदानमा उतारेको थियो । चुनाव जितेका उनीहरूलाई पनि मुख्यमन्त्रीको दाबेदार मानिएको थियो ।

तर सोमबार भोपालमा बैठक सुरु हुँदासम्म मोहन यादवको नाम मुख्यमन्त्रीको चर्चामै थिएन । तर बैठकमा चौहानले मोहन यादवको नाम प्रस्ताव गरेको र त्यसमा उनीहरू सबैले समर्थन जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस