सुदूरपश्चिममा ४ महिनामा जम्मा ८ प्रतिशत बजेट खर्च « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिममा ४ महिनामा जम्मा ८ प्रतिशत बजेट खर्च


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा सुदूरपश्चिम प्रदेश सरकारले जम्मा ५ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ ।

प्रदेश सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएकामा आर्थिक वर्षको चार महिना सकिँदा जम्मा दुई अर्ब ४० करोड ४९ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको जम्मा ८.२५ प्रतिशत हो ।

पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार रुपैयाँ बजेट छुट्याएकामा साउनदेखि कात्तिक मशान्तसम्मको अवधिमा ८९ करोड ४५ लाख मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । जुन कुल पुँजीगत खर्चको जम्मा ५.२५ प्रतिशत हो ।

चालुतर्फ ११ अर्ब ९४ करोड ३५ लाख ७२ हजार विनियोजन गरेकामा एक अर्ब ५१ करोड तीन लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ । जुन खर्च चालुतर्फ कुल विनियोजित बजेटको १२ दशमलव ६४ प्रतिशत हो ।

गत आर्थिक वर्ष २०७९/८० को यो अवधिमा पनि प्रदेश सरकारको पुँजीगत खर्चको दर यस्तै थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष पहिलो चौमासिकमा पुँजीगत तर्फ २४ अर्ब १४ करोड ८० लाख ७१ हजार विनियोजन गरिएकामा एक अर्ब २३ करोड २० लाख तीन हजार ९६९ रुपैयाँ खर्च भएको थियो ।

चालुतर्फ कुल १२ अर्ब २९ करोड ८३ लाख ९४ हजार विनियोजन गरेकोमा एक अर्ब ९६ करोड ५२ लाख ४५ हजार खर्च गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस