राष्ट्रिय सभा निर्वाचनका लागि पाँच दलले गराए दल दर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा निर्वाचनका लागि पाँच दलले गराए दल दर्ता


२५ मंसिर २०८०, सोमबार


Nirbachan_nirwachan_election

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार दिउँसोसम्म पाँच वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् ।

राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदुर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् ।  आयोगका एक पदाधिकारीका अनुसार नेपाली काँग्रेस, जसपा र लोसपा लगायतका दल सोमबारसम्म दल दर्ताका लागि आयोग पुगेका छैनन् ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सूचना जारी गरेको थियो । दल दर्ताका मंसिर २९  गतेसम्मका लागि समय दिएको आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ । 

Tags :
प्रतिक्रिया दिनुहोस