दरबार हत्या काण्डको छानबिन गरी पूर्वराजालाई जेल हाल्न ‘प्रचण्ड’लाई चुनौती « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दरबार हत्या काण्डको छानबिन गरी पूर्वराजालाई जेल हाल्न ‘प्रचण्ड’लाई चुनौती


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्वराजा ज्ञानेन्द्र शाहको स्वीस बैंकमा पैसा राखेको पुष्टि गर्न चुनौती दिएका छन्।

राप्रपा कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले आरोपको पुष्टि लगाए आफूसँगै हिँड्ने बताए।

उनले भने, ‘प्रचण्ड’जीले भन्ने गर्थे राजाको सम्पत्ति स्वीजरल्याण्डमा छ। ल्याएर घरघरमा बाँड्थ्यौँ भन्नुहुन्थ्यो। तपाईँलाई खुला चुनौती हो म तपाईँलाई सहयोग गर्छु। राजाले दरबार छाडेको १६ वर्ष भयो सम्पत्ति कहाँ छ स्वीजरल्याण्डबाट पैसा ल्याएर बाँड्दिनुस् म तपाईँसँगै हिँड्छु। जनतालाई भ्रमित पारेर। आज यिनीहरूको सम्पत्ति स्वीजरल्याण्डमा लगेर राखेका छन्।

उनले प्रचण्डलाई दरबार हत्या काण्डको छानबिन गरेर पूर्वराजालाई जेल हाल्न चुनौती दिए। उनले राजसंस्था र हिन्दु राज्य जनताले नफालेको दाबी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस