विराटनगरका एक युवकमाथि भारतमा गोली प्रहार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विराटनगरका एक युवकमाथि भारतमा गोली प्रहार


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । विराटनगरका एक जना युवकमाथि भारतमा गोली प्रहार भएको छ । 

विराटनगर महानगरपालिका वडा नम्बर ८-का २७ वर्षीय निर्दोष सङ्ग्रौलामाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले जानकारी दिए।

 आइतबार साँझ विराटनगर-१६, दशगजानजिकै भारतीय क्षेत्रमा उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।

उनको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस