अफगानिस्तानसँग पराजित भएसँगै नेपालको सेमिफाइनल सम्भावना कठिन « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

अफगानिस्तानसँग पराजित भएसँगै नेपालको सेमिफाइनल सम्भावना कठिन


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले हरायो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९१ रन बनाए । तर, अर्को इन्डबाट लगातार विकेट खसिरहँदा नेपाल लक्ष्यसम्म पुग्न सकेन ।

नेपाल ४०.१ ओभरमा अलआउट भएको छ । अर्जुन अन्तिम विकेटका रूपमा आउट भए । उनले १०८ बलमा १३ चौका प्रहार गरेका थिए ।

आजको हारसँगै नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । नेपालले अन्तिम खेल भारतसँग खेल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस