मुद्दा हालेकै कारण पिएसओ खोसियो : डा. अमरेश कुमार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुद्दा हालेकै कारण पिएसओ खोसियो : डा. अमरेश कुमार


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहको सुरक्षाका लागि खटिएका पिएसओ खोसिएको छ । सर्वोच्च अदालतमा एनसेलविरुद्ध मुद्दा हालेकै कारण आफ्नो पिएसओ हटाइएको उनले बताए । 

शुक्रबार आएका पिएसओ आइतबार नआएको उनको भनाइ छ । डा. सिंहले शुक्रबार एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ‘गृह मन्त्रालयको निर्णयबाट पिएसओ दिइएको थियो, अन्यको हटेको छैन । सर्वोच्चमा मुद्दा हालेकै कारण मेरो हटाइयो,’ डा. सिंहले भने, ‘जनताको लागि न्याय माग्नै नहुने ?’ 

यता सुरक्षा स्रोतले उनको पिएसओ फिर्ता नबोलाईकन जनाएको छ । उनको पिएसओ फिर्ता नबोलाइएको नेपाल प्रहरीले जनाएको छ । गृह मन्त्रालय स्रोत भन्छ, ‘पिएसओ फिर्ता बोलाएको छैन,  अफिसियल्ली कामका लागि केही समय पिएसओलाई बोलाइएको थियो । अहिले उनी फिर्ता गइसकेका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस