अफगानिस्तानविरुद्ध नेपाललाई चौथो सफलता, दिपेशले तोडे रहिमुल्लाह र जाम्सीदको साझेदारी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

अफगानिस्तानविरुद्ध नेपाललाई चौथो सफलता, दिपेशले तोडे रहिमुल्लाह र जाम्सीदको साझेदारी


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । एसिसी यू-१९ एसिया कपमा नेपालका दिपेश कँडेलले अफगानिस्तानका रहिमुल्लाह जुरमति र जाम्सीद जार्दानबीचको ८१ रनको सोझोदारी तोडेका छन्।

दिपेशले रहिमुल्लाहलाई २८औं ओभरको अन्तिम बलमा सुवास भण्डारीबाट क्याच गराए। रहिमुल्लाहले ६५ बलमा २ चौका हिर्काए।

उनी आउट हुँदा अफगानिस्तानले २८ ओभरमा ४ विकेटको क्षतिमा ११४ रन जोडेको थियो।

रहिमुल्लाहले चौथो विकेटका लागि जाम्सीदसँग ८१ रनको साझेदारी गरे। जाम्सीले अर्धशतक प्रहार गरेर खेलिरहेका छन्। 

त्यसअघि हेमन्त धामीले सातौं ओभरमा लगातार दुई विकेट लिएका थिए। उनले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजइ र चौथो बलमा खालिद तानिवालको विकेट लिए। खालिद १० र अक्रम मोहम्मदजई शून्य रनमै आउट भए।

यसअघि दोस्रो ओभरमै अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिललाई नेपालका गुल्सन झाले दोस्रो ओभरमा आउट गरे। उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस