यू-१९ एसिया कप क्रिकेट: नेपाल आज अफगानिस्तानसँग खेल्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यू-१९ एसिया कप क्रिकेट: नेपाल आज अफगानिस्तानसँग खेल्दै


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको छ। समूह ‘ए’ मा रहेको नेपालले आज अफगानिस्तानसँग खेल्न लागेको हो। 

नेपाल र अफगानिस्तानबिचको खेल युएईस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ। यसअघिको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ।

आजै हुने अर्को खेलमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबिचको खेल युएईस्थित आइसीसी ग्राउन्ड १ मा ११ः १५ बजे सुरु हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस