बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसान र गोरुको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसान र गोरुको मृत्यु


२३ मंसिर २०८०, शनिबार


काठमाडौँ ।  रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।

जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुँडिएर खसेर घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस