फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति


२३ मंसिर २०८०, शनिबार


फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने रु पाँच लाख बराबरको क्षति भएको छ । 

सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका-५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए । 

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस