प्रधानमन्त्री ‘प्रचण्ड’ आज धनगढी जाँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ आज धनगढी जाँदै


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी जादैछन् ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सव महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आज धनगढी जान लागेका हुन् ।

कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आज सुरु हुन लागेको छ ।

अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल आज साँझ काठमाडौं फर्किने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस