नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपाली सेनामा विभिन्न अधिकृत पदहरूमा भर्ना खुलेको छ ।

सेनाले शुक्रबार सूचना जारी गर्दै प्राड/प्राविधिक/विविध सेवा तर्फका अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको हो ।

प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ ।

यस्तै, मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ ।

यस्तैगरी, समाचार सम्पादक/बाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त खुलेको छ ।

जारी सूचनामा पुस २१ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ ।

हेर्नुस् विज्ञापन :

Tags :
प्रतिक्रिया दिनुहोस