विद्यार्थी पिट्ने शिक्षकविरुद्ध मुद्दा दायर  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विद्यार्थी पिट्ने शिक्षकविरुद्ध मुद्दा दायर 


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकविरुद्ध पश्चिम नवलपरासी प्रहरीले मुद्दा दायर गरेको छ । जिल्लाको सरावल गाउँपालिका-७ स्थित बर्दघाट कालिका ईङ्गलिस बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवलाई पक्राउ गरेर  बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७२ अनुसार बालबालिका सम्बन्धी कसुरमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार विद्यार्थीलाई निलडाम बस्ने गरी निर्घात कुटपिट गरेर फरार रहेका शिक्षकलाई पक्राउ गरेर मुद्दा दायर गरिएको छ । अभिभावकको जाहेरीको आधारमा शिक्षक यादवलाई प्रहरीले बालबालिकासम्बन्धी कसुरमा मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको हो ।

बालबालिका सम्बन्धी कसुरमा दोषी ठहर भएमा एक वर्षसम्म कैद र ५० हजार जरिवाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था छ । कक्षा एकमा अध्ययनरत ९ वर्षिय कञ्चना राजभरलाई यादवले बालिकाकालाई विद्यालय नआएको भन्दै घर र विद्यालयमा निर्घात कुटपिट गरेका थिए । घटनापछि स्थानीयले शिक्षकलाई कारबाही माग गर्दै विद्यालयमा तालाबन्दी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस