भन्सारका रोकिएका शङ्कास्पद ३९१ कन्टेनरको भौतिक परीक्षण गरिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भन्सारका रोकिएका शङ्कास्पद ३९१ कन्टेनरको भौतिक परीक्षण गरिने


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । वीरगञ्ज सुख्खा बन्दरगाह भन्सारमा अवैध रूपमा आएर बसेका ३९१ कन्टेनरको भौतिक परीक्षण हुने भएको छ । विभिन्न समयमा भन्सार क्षेत्रमा पुगेका तर कन्टेनरको भन्सार जाँचपास गर्न नआएका कन्टेनरमा शङ्कास्पद वस्तुहरू आयात भएको आशङ्कामा भौतिक परीक्षण गर्न लागिएको हो ।

वीरगञ्ज सुख्खा बन्दरगाहकाले भन्सार जाँचपासका लागि दिइएको समयमा व्यवसायीहरू आंशिक मात्रै आएको बताएको छ । मंसिर १० गते एक सूचना निकालेर भन्सार कार्यालयले विभिन्न अवस्थामा नेपाल भित्रिएको कन्टेनरको जाँचपास गराउन आह्वान गरेको थियो ।

प्रारम्भिक रिपोर्टमा ड्रेसिङ कम्पनीले आयात गर्न नपाउने वस्तुहरू, नेपालमा आयातमा प्रतिबन्ध लागेका वस्तुहरू लगायतको आयात भएका सूचनापछि वस्तुको भौतिक जाँच गर्न लागिएको भन्सार कार्यालयले जनाएको छ ।

कन्टेनरमा मदिरा, केराउ, सवारी साधनका पार्टपुर्जा लगायत वस्तुहरू रहेको भनी घोषणा भएको देखिएको छ । तर केही वस्तुहरूको परिमाण र आयात नेपालमा निषेधित वस्तु भएका कारण झनै शङ्का उब्जिएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस