सरकारद्वारा एनसेल खरिद-बिक्रीकारे अध्ययन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सरकारद्वारा एनसेल खरिद-बिक्रीकारे अध्ययन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । बिहीबार बसको मन्त्रिपरिषद्को बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका अध्यक्ष सुजन कुमार काफ्ले सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस