२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वतमा

अ+ अ-

पर्वत । नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ ।

बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ । उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलका अनुसार दिउँसो १ बजे ओली पर्वत र बागलुङको सिमाना मालढुङ्गामा आइपुग्ने र पर्वतमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।

आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँ पुलमा पुगेर बिदाइ गरिने भएको छ । सङ्कल्प यात्रामा निस्किएको एमालेको टोली आज पोखरामा बस्ने भएको छ ।

पर्वतमा आयोजित आमसभाको सबैजसो तयारी पूरा भएको छ । आमसभा अघि कुश्माबजारका चार वटा स्थानबाट जुलुस प्रदर्शन गरिने भएको छ । फलेवास, विहादी, पैंयु र महाशिलाको बडागाउँचौरदेखि, मोदीको खरेहादेखि, जलजलाको पुरानो बजार र कुश्मा नगरपालिकाको मैत्रीचोकदेखि जुलुस निस्किने र लोकतन्त्र चोकमा पुगेर एकत्रित हुँदै बान्द्रेविडिमा आयोजित सभामा परिणत हुने भएको छ ।

जिल्लाका सातवटै गाउँपालिका र एमालेका भ्रातृ सङ्गठनका छुट्टाछुट्टै र्‍याली, झाँकी, भजन तथा पञ्चेबाजासहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए ।

सङ्कल्प यात्रालाई लक्षित गरी पर्वत र बागलुङको सिमाना मालढुङ्गादेखि कास्की र पर्वतको सिमाना नयाँ पुलसम्म झकिझकाउ पारिएको छ ।