प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक एवं दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियल एडमिरल इलिन लाउबाचरबीच भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन् ।

भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस