२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

अ+ अ-

जानकी (बाँके) । मन्त्रिपरिषद्को निर्णयअनुसार बाँकेको जमुनाहस्थित नेपाल-भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनः स्थापना थालिएको छ । बुधबार नेपालगञ्ज उपमहानगरपालिका-१६ जमुनाहस्थित नेपाल- भारत सीमा क्षेत्रका ६५१, ११ ९३१० नम्बरको सीमा स्तम्भमा रङरोगन गरिएको छ ।

नापी विभागका अधिकृत पवनकुमार खत्रीले सीमा स्तम्भमा गरिने रङरोगनका बारेमा प्राविधिक सहयोगसम्बन्धी जानकारी बाँकेका सशस्त्र प्रहरीलाई गराइएको बताए । विभागबाट प्रतिनिधिका रूपमा आएका अधिकृत खत्रीले सीमा क्षेत्रमा ढलेका र हराएका स्तम्भको काम हाल नहुने बताउँदै उक्त कार्य गर्नका लागि दुवै देशका संयुक्त सीमा प्राविधिक टोलीद्वारा सीमास्तम्भको स्थितिको पहिचान गरिसकेपछि मात्र गरिने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राज्यले सुम्पिएको सीमा मर्मत र पुनः स्थापनामा सशस्त्र प्रहरी बल सीमा नं. ३० गणका सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीलाई पूरा गर्नेमा विश्वस्त रहेको बताए ।

सीमास्तम्भको रङरोगन स्तम्भमा रङ लगाएर नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सशस्त्र प्रहरी बल नं ३० गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाही, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, भारतीय सशस्त्र सीमा बल नं. ४२ बटालियनका डेपुटी कमाण्डेन्ट अनिल यादव, असिस्टेन्ट कमाण्डेन्ट वासुकी पाण्डेले गरेका थिए ।

सशस्त्र प्रहरी बल नं ३० गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाहीका अनुसार बाँकेमा मुख्य सीमास्तम्भ ३२ छन् भने सहायक सीमास्तम्भ दुई सय ७९ गरी जम्मा सीमास्तम्भ तीन सय ११ छन् । उनले मर्मतसम्भार तथा रङरोगन गर्नुपर्ने सीमास्तम्भअन्तर्गत ३१ वटा सीमास्तम्भ रङरोगन गर्न बाँकी रहेका र ४० वटा सीमास्तम्भ सामान्य मर्मत गर्न बाँकी रहेका बताउनुभयो । बाँकेमा चार वटा मुख्य र ६७ वटा सहायक गरी जम्मा ७१ वटा सीमास्तम्भको रङरोगन तथा मर्मत भइरहेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्लामा सीमास्तम्भको मर्मत मर्मत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस