रवि लामिछानेको आक्रोश-‘केको समिति ? कर छल्नेलाई तत्काल कारबाही हुनुपर्छ’  « प्रशासन
Logo ९ फाल्गुन २०८०, बुधबार
   

रवि लामिछानेको आक्रोश-‘केको समिति ? कर छल्नेलाई तत्काल कारबाही हुनुपर्छ’ 


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्रीमा कर छल्नेमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् । उनले समिति गठनको आवश्यकता नै नरहेको तर्क गरेका हुन् ।

आज रास्वपा बैठकपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकप्रति पनि असन्तुष्टि जनाएका छन ।

उनको भने, ‘यो छानबिनको विषय अवश्य हो । तर, खरिदबिक्री भएको हो कि होइन ? होइन भने किन बबाल गरेको ? हो भने त्यसबापत प्राप्त गर्नुपर्ने राजश्व राज्यले पायो कि पाएन ? गैर कानुनी हो कि होइन ? सर्वदलीय बैठक बस्ने कि कर छल्ने मान्छेलाई  समाउने ? कर छलि भएको होइन ? किनबेच भएको होइन ? कर छल्दा तपाईँलाई के गरिन्छ ? केको समिति ? हो, यसमा को को जोडिएका छन् भनेर वृहत् छानबिन त हुनैपर्छ । तर कर छल्नेलाई तुरुन्तै कारबाही गर्नुपर्छ । अर्थमन्त्रीलाई थाहै छैन भन्ने सुनेँ । योजस्तो लज्जास्पद र हास्यास्पद के हुन्छ ? यो मुलुकमा जे गरे पनि हुन्छ भन्ने स्थापित गर्न खोजियो । अर्थमन्त्रीको अभिव्यक्ति त प्रतिक्रिया दिन पनि लायक छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस