‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश ज्ञवालीको पुतला दहन गरेको थाहा पाएपछि प्रहरी पुगेर पुतला नियन्त्रणमा लिनुका साथै सहभागीहरूलाई तितर-बितर पारेको थियो । पुतला दहन गर्न अखिल क्रान्तिकारी नेताहरू नरेन्द्र सी, लोकराज जोशी लगायत १५-२० जनाको उपस्थिति रहेको थियो ।

काठमाडौँ जिल्ला अदालतले ‘विप्लव’ लगायतका नेताहरूलाई अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको विरोधमा पुतला दहन गरेको अखिल क्रान्तिकारीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस