व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्छ : ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्छ : ओली


२० मंसिर २०८०, बुधबार


रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व आइपुगेका उनले सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बुधबार रुकुमपूर्वको भेलामा ओलीले अहिले देशको नाजुक अवस्था अत्यन्तै कमजोर बनाउन खोजिएकोबारे एमालेले निरन्तर खबरदारी गरिरहेको बताए ।

‘सरकारका कारण धेरै समस्या आएका छन् । देश असफल बनाउने अवस्थामा लान खोजिएको छ, देशभित्रका केही तत्त्व र देश बाहिर रहेका नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौँ,’उनले भने, ‘यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौँ, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ, देशको स्वाधीनतामा गर्व गरौँ । अब सबै मिलेर अप्ठ्यारो पहिचान गरौँ ।’

देशलाई असफल बनाउन खोज्ने देशभित्रका केही तत्त्व र देश बाहिर नेपालको अहित चाहने तत्वविरुद्ध सामूहिकरूपमा लड्नुपर्ने उनको भनाइ छ ।

ओलीले भने,‘अवस्थाले धेरै अवगतबारे छौँ, राजनीति निराशायुक्त छ, अस्थिर र अराजक भइरहेको छ, जनविश्वास घटेको छ, अर्थतन्त्र अत्यन्तै अफ्ठेरो अवस्थामा र अझ बिग्रिरहेको छ, धेरै बेथिति रोक्नु छ, यस्तो अवस्थामा हामीले यो अभियान लिएर हिँडेका छौँ ।’

अध्यक्ष ओलीले सरकारले निरन्तर गलत काम गर्दै गइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस