एनसीसी तालिमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने : गणपति देउजा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

एनसीसी तालिमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने : गणपति देउजा


२० मंसिर २०८०, बुधबार


डोटी । डोटी सिलगढी अवस्थित भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले एनसीसी तालिमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने बताएका छन् ।

मङ्गलवार डोटीको के.आई.सिंह गाउँपालिका वडा नं.७ सलेना स्थित नवदिप विद्या निकेतन बोर्डिङ स्कुलमा श्रावण १ गतेबाट सञ्चालन भइरहेको एन सी सी क्याडेट जुनियर डिभिजन तालिमको निरीक्षण गर्दै उक्त कुरा बताएका हुन् ।

उनले भने एन सी सी तालिम प्राप्त विद्यार्थीहरु अनुशासित, ईमान्दार हुनुका साथै नेतृत्व विकासमा समेत सहयोग पुग्ने बताए । जिल्लामा एन सी सी तालिम प्राप्त विद्यार्थीहरु भएको अवस्थामा दैविक प्रकोपका घटनाहरूमा समेत सहज हुने प्रमुख सेनानी देउजाले बताए ।

आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय सेवा दल कार्यक्रम अनुसार तालिम सचालन गरिएको थियो । तालिमरत एन सी सी क्याडेटहरुले तालिमको समयमा सिकाइएका खालि हात ड्रिल, खुकुरी ड्रिल लगायत अन्य ड्रिलहरू अनुगमनको दौरानमा प्रदर्शन गरेका भैरव प्रसाद गणले जनाएको छ ।

तालिममा सहभागी क्याडेट छात्रछात्राहरूलाई माघ २ गते देखि २२ गतेसम्म श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेमा वार्षिक सामूहिक क्याम्प सञ्चालनमा समेत सहभागी गराइने प्रमुख सेनानी देउजाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस