प्रधानमन्त्रीले गरे एनसेल खरिद-बिक्रीबारे छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीले गरे एनसेल खरिद-बिक्रीबारे छलफल


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एनसेल खरिद-बिक्रीबारे छलफल भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका नेताहरू लगायतसँग मङ्गलवार साँझ छलफल गरेका हुन्।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हो।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रुपैयाँ) मा बिक्री गरेको बताएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस